मास मिडिया संवादाता (काठमाडौँ)– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हाललाई मेयर पदबाट राजीनामा नदिने मनस्थिति बनाएका छन्। प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने तयारीका बीच उनले राजीनामा नदिई प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन्।
उनको सचिवालय स्रोतका अनुसार ६ गते उम्मेदवारी मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले अलग्गै राजीनामा लेख्न आवश्यक नपर्ने निष्कर्षमा बालेन पुगेका छन्। प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने तयारी गरेका थिए। यसअघि उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउने तयारीसमेत गरेका थिए।
तर कानुनी प्रावधानअनुसार उम्मेदवारी दर्तासँगै पद निष्क्रिय हुने भएकाले औपचारिक राजीनामा नदिने निर्णय गरिएको सचिवालय स्रोतले जनाएको छ।
४ माघ २०८२, आईतबार ०१:५५ मा प्रकाशित