विषय प्रवेश
२०८२ भाद्र २३ र २४ गतेको राजनीतिक घटनाले विषम परिस्थिति निर्माण गरेको छ। मुलुक एक अन्तहीन द्वन्द्वको भुमरीमा परेको छ। देशका जिम्मेवार पार्टीका राजनीतिक नेताहरू अथवा भनौँ शासकहरूमा छाएको चरम बेहोशी,लापरवाही र गैर मानवीयताको यो पराकाष्ठाले ल्याएको समस्या हो। सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धले देशका जेन्जी युवाहरूलाई यो लेभलको प्रतिरोधमा ल्याउँछ भन्ने कुरा सत्ता सञ्चालक तथा शासक वर्गलाई कुनै पनि हेक्का थिएन। त्यसैले उनीहरुलाई दबाउन सकिन्छ, शासन गर्न सकिन्छ र आफूले भने अनुसार यी युवाहरुलाई दमन गर्न सकिन्छ भन्ने भावका साथ सरकारको लापरवाही देखिएकै हो। एकातिर देशका युवाहरू प्रतिदिन रोजगारी र आफ्नो आर्थिक अवस्थालाई सुधार्नका लागि बहुत कठिन संघर्ष गर्दै विदेशका विभिन्न गल्लीहरूमा भौतारिनु परिरहेको छ। जतिसुकै कठिन सङ्घर्ष गरेपनि जीविकोपार्जन बहुत कठिन भइरहेको परिस्थितिमा केही तथाकथित राजनीतिक ठेकेदारहरूका छोराछोरीहरु विदेशमा आलिसान ढंगले बाँचिरहेका, भड्किलो जीवनशैली अपनाइरहेका जनताले देखिरहेका थिए।
यसरी आफ्नै खुन पसिनामा रजाई गरिरहेका शासकहरु र उनका छोरा छोरीहरूले गर्ने गतिविधिले देशवासी जनताहरुलाई गिज्याइरहेको आभास सर्वत्र हुन थालेको थियो। यसैगरी देशमै पनि कुनै पनि क्षेत्र चाहे त्यो प्रशासनिक कार्य होस् या अदालतको कार्य होस् या मालपोतको कार्य होस् कुनै पनि सरकारी क्षेत्रमा चरम रुपमा भ्रष्टाचार, नातावाद, कृपावाद लगायतका चरम व्यथितिहरू जनताले भोगिरहनु परेको थियो। यसले जनताहरुलाई चरम निराशा, असन्तोष सिर्जना गरिरहेको थियो। यस्तो परिस्थितिमा सामाजिक सञ्जाल फेसबुक, युट्युब ,इन्स्टाग्राम लगायतका सञ्जालबाट आफ्ना भावनाहरु, सिर्जनाहरु, कुण्ठाहरू पनि एक्सप्रेसन गर्ने ठाउँमा प्रतिबन्ध लगाउँदा युवा पिढीलाई समग्र रुपमा हातखुट्टा बाँधेको महसुस भयो र उनीहरुले यो पुरानो सरकार, पुरानो परिपाटी र सबै व्यथितिको प्रतिरोध गर्दै शान्तिपूर्ण जुलुस आयोजना गरे। तर सरकारले आफ्नो चरम, बेहोसी र लापरवाहीका कारण संसद भवन अगाडि शान्तिपूर्ण जुलुसमा भाग लिएका जेनजी विद्यार्थी भाइबहिनीहरू माथि भाद्र २३ गते गोली चलायो र करिब ८० जना भन्दा बढी विद्यार्थीहरु र युवाहरुको हत्या गर्यो।
भोलिपल्ट २४ गते आन्दोलन देशव्यापी बन्यो। सर्वत्र त्यो हत्याको निन्दा भयो। सरकारले बाध्य भएर राजीनामा दियो र सरकार आफ्नो ज्यान जोगाउन सेनाको आडमा ठाउँ ठाउँमा भाग्न थाल्यो। आन्दोलनका क्रममा केही गलत तत्त्वहरूको घुसपेट भई थुप्रै सार्वजनिक संरचनाहरूमा आगो लाग्यो। सिंहदरबारका विभिन्न मन्त्रालय लगायत बाहिरका अफिस मालपोत कार्यालय, अदालत इत्यादिमा व्यापक आगलागी भई त्यहाँका डकुमेन्टहरु पनि कुनै बच्न सकेनन्। यो कार्य देशका महत्वपूर्ण सहरका महत्वपूर्ण कार्यालयमा त्यसै दिनभयो। देशको यो परिस्थितिमा सेनाले युवा जेन्जी नेताहरूलाई साथ दियो। उसले पुरानो सरकारलाई साथ दिएन। यसपछि संसद विघटन भयो र सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्यो। वास्तवमा जेन्जी कुनै एक पार्टी नभई एक स्वस्फुर्त रुपमा चलेको अभियान थियो।
बोल्नुपर्ने बाध्यता
यो अहिलेको देशको सन्दर्भसँग हामी आम नागरिक जोडिएको छौँ। त्यसकारण यस विषयमा थोरै बोल्नुपर्ने आवश्यकता छ। पटकपटक थोरै थोरै बोल्दै आइयो त्यसले केही अर्थमा गाइड पनि गर्यो र काम पनि गर्यो। यसले पनि काम गरिदियो भने सजिलो होला।
ऐतिहासिक पृष्ठभूमि र राजनीतिक संरचनाको भूमिका
जस्तो कि राजनीति बहुत प्राचीन समयदेखि विश्वमा छ। महाभारत काल हेर्छौं ७/८ हजार वर्ष पहिले होला त्यहाँ पनि राजनीति छ। त्यसभन्दा पहिले कहिँ केही देखिन्छ भने त्यहाँ पनि राजनीति छ। राजनीति हजारौं वर्ष पहिलादेखि दुनियामा चल्दै आइरहेको छ। विभिन्न राजनीतिक घटनाहरूबाट यो पृथ्वी समृद्ध भएको छ, विकसित भएको छ। यसमा आर्थिक र सामाजिक क्रान्तिहरू भएका छन्। सांस्कृतिक क्रान्ति पनि भएका छन्। यी विभिन्न क्रान्तिहरूबाट राजनीति समृद्ध पनि भएको छ। राजनीतिलाई समृद्ध गर्नको निमित्त विभिन्न दार्शनिक र अर्थशास्त्रीहरूले अनेक तरिकाले आफ्ना विचारधाराहरू दिएका छन्। जुन विचारधाराले अनेक प्रकारका आर्थिक उन्नतिलाई, सांस्कृतिक उन्नतिलाई र चेतनागत उन्नतिलाई इंगित गर्दछ। राजनीतिका धेरै सकारात्मक पक्षहरु छन् । राजनीतिक दर्शनका पनि धेरै सकारात्मक पक्षहरू छन्। ती सकारात्मक पक्षहरूबाट नै यहाँसम्म यो पृथ्वी आएको हो। विकसित भएको हो। यी पक्षहरूलाई एकमुष्ट रूपले सिद्धान्तगत रूपले हेर्यो भनेदेखि तिनलाई केही निश्चित अङ्गमा विभाजित गर्न सकिन्छ।
कुनै पनि राजनीति एउटा सिद्धान्तबाट चल्छ। सिद्धान्त बिनाको राजनीति लामो समय चल्न सक्दैन, राजनीति नै हुन सक्दैन। त्यसैले कुनै पनि राजनीतिमा एउटा दर्शन हुन्छ। त्यसको सिद्धान्त हुन्छ। अनि त्यसको ट्याक्टिस हुन्छ। तीनवटा कुराहरू हुन्छन्। पहिले त दर्शन ,दोस्रोमा गएर सिद्धान्त हुन्छ। त्यसपछि ट्याक्टिस हुन्छ। तीनवटा कुराहरू हुन्छन् र यसलाई अगुवाइ गर्नेहरूमध्ये केही व्यक्तिहरूले जसरी पुँजीगत उन्नतिका निमित्त फ्रान्सको राज्य क्रान्ति पश्चात अगुवाइ गरे। भलनबिलममा औद्योगिक क्रान्ति भयो। तत्पश्चात जुन विचार र अर्थतन्त्र, जुन व्यवस्था जुन प्रकारको राज्य सत्ताको उत्पत्ति भयो त्यसलाई पुँजीवाद भनियो। फ्रान्सको राज्यक्रान्ति र तत्पश्चातको इङ्ल्यान्डको औद्योगिक क्रान्ति पश्चात् जुन प्रकारको राज्य सत्ताको उदय भयो।
सानातिना कल कारखानाहरू खुले र काफी भूमिहीन किसानहरूले मजदुरको रूप ग्रहण गरे। यो अवस्थाबाट सिर्जित विकास जो हो यसलाई पुँजीवाद भनेर भनियो। अहिले दुनियाभर जसरी हाम्रो दर्शनशास्त्रमा भोगवाद व्याप्त छ। त्यस्तै गरेर राजनीतिशास्त्रमा र अर्थशास्त्रमा पुँजीवाद व्याप्त छ। दुनियाभरिनै व्याप्त छ। र दुनियाभरको अहिलेको जो अर्थतन्त्र हो, त्यो घुमीफिरीिकन पुँजीवादी अर्थतन्त्र हो। र त्यसको दर्शन पनि पुँजीवादसँग सम्बन्धित छ। याने कसरी धनबाट मनुष्यको ,राज्य सत्ताको, देशको विकास गर्ने । धनलाई केन्द्रबिन्दु बनाएर। धनलाई केन्द्रबिन्दु बनाएर पुँजीवादले जुन विकास गर्यो त्यसबाट धेरै व्यक्तिहरूको घरबार, पेशा समाप्त भयो। जुन प्रकारको पुराना पेशाहरू गर्थे,जुन पुरानो तरिकाले खेतीपाती गर्थे , पुरानो तरिकाले चर्खा बनाउँथे,कपडा बनाउँथे सबै लुटियो किनकि मेसिनको आविष्कार भयो। भइसकेपछि एउटा ठूलो वर्ग इङ्ग्ल्यान्ड तिर फ्रान्सतिर वर्ग बेरोजगार भयो। र पूँजीपतिहरूले खोलेका कर कारखानाहरू मा सानोतिनो जागिर गर्ने वर्ग आयो। र यसरी आएको वर्गलाई सर्वाङ्ग सबै कुरा लुटिएको अवस्था बन्यो। जसको केही पनि छैन। फ्रान्समा यी कुराहरू देखा परे। पछि यो कुरा जर्मनी, अमेरिकातिर पनि देखापर्यो। अन्य अन्य देशमा बिस्तारै देखा पर्यो।
एउटा यस्तो वर्ग तयार भयो कि जो सर्वहारा यानी सबै कुरा लुटिएको अवस्थामा थियो। Hand to mouth काम गरेर मात्र खान सक्थ्यो उसले काम नगर्ने दिनमा यानी एक हप्ता काम पाएन भनेदेखि उसको परिवार भोकै मर्थ्यो। उसको आफ्नो निजी घर थिएन, डेराधन्दामा बस्नुपर्थ्यो। उसले डेराको पैसा तिर्न सक्ने अवस्था पनि भएन। यो प्रकारको अवस्था भइसकेपछि पुँजीवादी अर्थतन्त्रको कमजोरी अर्थशास्त्रीहरुले देख्न थाले, राजनीति शास्त्रीहरूले देख्न थाले। यी अर्थशास्त्री, राजनीतिशास्त्री जुन तरिकाले कमजोरीहरू देखे ती मध्ये प्रमुख व्यक्ति थिए ,कार्ल मार्क्स । उनले सर्वहारा वर्गलाई कसरी सुख दिने भन्ने नीति सन्दर्भमा र पुँजीवादले जुन तरिकाले शोषण प्रक्रिया सञ्चालन गरेको छ र आफ्नो राज्य सत्ता कायम गरेर गहिरो शोषण गतिलो तरिकाले गरेको छ, त्यसमा २३ वर्षसम्म मेहनत गरेर रिसर्च गरे । त्यसको पुस्तक पनि छापे, त्यसमा उनीले पुँजीवादका कमजोरीको सबै पर्दाफास गर्दिए। पुँजीवाद, पुँजीवादी शोषण, अतिरिक्त मूल्यको गहिरो विश्लेषण गरे। गरिब झन् गरिब हुँदै जाने, धनी बढी धनी हुँदै जाने, धन केही सीमित व्यक्तिहरूमा केन्द्रीकृत हुने र धेरै व्यक्तिहरू या त निम्न पुँजीवादी अवस्थामा जाने ,यस्तो अवस्थामा पुगे। निम्न पुँजीवादी भनेको हामी जस्ता या त सर्वहारा अवस्थामा जाने, सुकुम्बासी अवस्थामा जाने। ज्याला मजदुरी गरेर मात्रै खान सकिने। त्यस्तोमा अधिकांश व्यक्तिहरू गएको अवस्थामा उनले अर्को एक अर्थतन्त्र राजनीतिक सिद्धान्त र दर्शन प्रस्तुत गरे। र त्यसै दर्शनलाई साम्यवाद भनेर भनियो।
कम्युनिजम भनेर भनियो। कालान्तरमा त्यो कम्युनिजम मार्क्सवाद भन्ने नामबाट पनि परिचित भयो। त्यतिबेला त्यो दर्शनलाई असाध्यै मन पराइयो। उनलाई निम्न पुँजीवादी व्यक्तिहरू,विद्वानहरू, प्रोफेसरहरुले, पढेलेखाकाहरू जेन्जीहरू तथा त्यतिखेरका युवा विद्यार्थीहरू०ले मन पराउन थाले। अनि यो कुरालाई मजदुर,किसानहरूले कार्ल मार्क्सको विचारलाई असाध्यै मन पराए । उनको रचना बहुत ठूलो किताबको रुपमा निस्कियो (पुँजी भाग १,२,३) जुन अहिले पनि पाइन्छ। त्यसको घोषणापत्र थियो कम्युनिस्ट (मेनिफेस्टो) अहिले पनि पाइन्छ। त्यसका आधारमा प्रभावित भएका व्यक्तिहरूले पुँजीवादी व्यवस्थाको विरोधमा, पुँजीवादी सिद्धान्त र दर्शनको विरोधमा दर्शन विकल्प प्रस्तुत गरे, जसको नाम थियो साम्यवाद। जसलाई बिकासको क्रममा समाजवाद पनि भनियो। समाजवाद र साम्यवादले नै सबै मान्छेलाई सम्मान गर्न सक्छ। बहुसंख्यक मान्छेले जो बढी श्रम गर्न परेको छ र त्यसबाट दुःख पाएका छन् र केही व्यक्तिहरुले उत्पादन पद्धति माथि उत्पादन पद्धति र राज्यसत्ता माथि रजाई गरेका छन् उनीहरूलाई अङ्कुसे लगाउनै एकमात्र व्यवस्था भयो समाजवाद।
समाजवाद अथवा साम्यवाद अथवा जनवाद। आ(आफ्नो देशको अवस्था अनुसार। यसलाई युरोपियन कन्ट्रीले साम्यवाद, रसियन कन्ट्रीले समाजवाद, चीनले यसलाई जनवाद भन्यो। यस तरिकाले एउटा नयाँ विचारको जन्म भयो। नयाँ सिद्धान्तको जन्म भयो,नयाँ दर्शनको जन्म भयो। त्यो नयाँ विचार,नयाँ दर्शन र नयाँ सिद्धान्तले दुनियामा हलचल ल्यायो, राज्य सत्ताहरूमा हलचल्यायो। केही देशमा क्रान्तिहरू भए। ती क्रान्तिहरूका फल हरू अनुसारमा केही देशहरुले असाध्यै उन्नति गरे, जस्तै सोभियत संघ। त्यसले गरेको उन्नतिका आधारमा आज पुटिन लडाई गरिरहेको छ। चीनले जुन उन्नति गरिरहेको छ अब दुनियाको दोस्रो धनी देशको अगुवाइको रूपमा ऊ पुगिसकेको छ। त्यो विचारबाट प्रेरणा लिएर १७/१८ देशहरूले खुब राम्ररी उन्नति गरे। र पुँजीवादलाई एक चुनौती दिए र अहिले पनि केही न केही मात्रामा चुनौती दिइरहेका छन्।
नेपालमा यसको असर र नेपालको कठीनाई
नेपालजस्तो देशमा पनि असर नपारि रहन सक्ने कुरै भएन ।त्यहाँका युवाहरूमा पुँजीवादी युवाहरू पुँजीवादतिर आकर्षित भए र कांग्रेस जस्तै किसिमका पार्टीहरु खोले। साम्यवादी डिजाइनका युवाहरू साम्यवादतर्फ आकर्षित भए र यिनीहरुले कम्युनिस्ट नामको पार्टी खोले। यसरी दुईटा पार्टीहरू बहुत जल्दाबल्दा देखिए । राजा फ्याँकिसकेपछि राजतन्त्र वादीहरू पनि सक्रिय भए। उनीहरुले पनि पार्टी खोले। यसरी तीन प्रकारका विचारहरू नेपालमा प्रवेश गरे। यी तीन प्रकारका विचारहरु मध्ये अहिले नेपालमा जसले राज्य सत्ता कायम गर्दै गयो स त्यो विचारको आड भरोसा भनेको पुँजीवाद हो । त्यसको प्रकृति निम्न पुँजीवाद हो। त्यसको संस्कार-संस्कृति त्यो सबै के हो भने पुँजीवादी औपनिवेशिक राज्य व्यवस्था । यानी कि पुँजीवादी देशहरूको कोही आर्थिक कन्ट्रोलमा छ ,कोही राजनीतिक कन्ट्रोलमा छ । यानि यो व्यवस्था जसलाई सञ्चालन गरिएको छ त्यो व्यवस्था स्वतन्त्र छैन ।
यहाँको कम्युनिज्म स्वतन्त्र भएन, यहाँको पुँजीवाद पनि स्वतन्त्र भएन । इङ्ल्यान्डलाई एउटा कुनै देशले औपनिवेशिक रूपले गाइड गर्यो। उसले गाइड गर्दा साथ औपनिवेशिक स्थिति आयो।यो स्थितिलाई अर्ध उपनिवेश भनिन्छ। यो ल्भय अयििभयलष्कm भित्र पर्छ । अर्कोतिर धार्मिक रूपले, राजनैतिक रूपले, आर्थिक रूपले पनि यो ल्भय अयििभयलष्कm भित्र पर्छ। यानि यो देश नेपाल कस्तो भयो भन्दा दुई ढुङ्गाको बीचमा च्यापिएको तरुल जस्तो भयो। एकतिर एक प्रकारको व्यवस्था छ अर्कोतिर अर्को प्रकारको व्यवस्था छ। यहाँको राज्य व्यवस्था कहिले दक्षिणतिरको व्यवस्थातिर झुक्छ र दुःख पाउँछ र कहिले उत्तरतिरको व्यवस्थातिर झुकेर दुःख पाउँछ। अहिले भर्खर अपदस्त भएको जो राज्य व्यवस्था छ यो उत्तरतिर झुकेर असफल भएको हो । यस्तो तरिकाले राज्य व्यवस्था कहिले पनि आफ्नो निजी अडानमा रहन सकेन।
निजी सिद्धान्तमा रहन सकेन। निजी दर्शनमा रहन सकेन र जो बाहिरबाट आयातित दर्शन थियो त्यो दर्शनमा पनि उसले आफ्नो जीवनलाई बाँच्न सकेन । उसले त्यो दर्शनमा आफूलाई कुनै देशका नेताप्रति आत्मसमर्पण गरिदियो । त्यस्तो तरिकाको यसको अवस्था हो । यस अवस्थामा धेरै धेरै विचित्र रूपले प्रजातन्त्र भन्ने नाम आयो । वि। स। २०४६ सालपछि असाध्यै विचित्र रूपले पार्टीहरू खुले । १०० भन्दा बढी पार्टीहरू खुले यहाँ । तीनवटा जम्माजम्मी विचार छ र १०० वटा भन्दा पार्टीहरू खुल्छन् भनेदेखि यही तीन विचारका अन्तर्गतका यी पार्टीहरू हुन्छन् । यहाँ पुँजीवादी विचार अन्तर्गत धेरै पार्टीहरू छन् । समाजवादी वा साम्यवादी विचार अन्तर्गत धेरै पार्टीहरू छन् । अनि राजावादी विचार अन्तर्गत पनि पार्टी हरु छन् । यसरी तीनवटा राजनीतिक आर्थिक, सांस्कृतिक ,सामाजिक विचारहरूमा प्रश्रय पाए । तर यिनको आफ्नो गुदी छैन। यि मध्य कसैको पनि आफ्नो विचार छैन । आफ्नो अनुभव छँदै छैन। त्यस अवस्थामा अर्काको मुख ताकेर सुविधाको भोग गर्ने किसिमको प्रवृत्तिले विकास गर्यो । आखिर सबैलाई धन चाहिएको थियो त्यसैले आफ्ना सबै विचारहरू यिनीहरूले धनमा ल्याएर विसर्जित गरे। धनमा ल्याएर होमे ।
साम्यवादी, समाजवादी भन्नेले पनि आफ्नो विचारलाई ल्याएर धनमा विसर्जित गरे । पुँजीवादी आदिले पनि आफ्नो विचार ल्याएर धनमा विसर्जित गरे। राजतन्त्रवादी भन्नेले पनि आफ्नो विचारलाई ल्याएर धनमा विसर्जित गरे। आखिर धनवाद नै केन्द्रमा भयो। त्यो धनवाद र पुँजीवाद कस्तो प्रकृतिको भयो भने देशको आर्थिक सत्ताबाट उत्पन्न भएको पुँजीवाद भएन । नक्कल गरिएको र आसेपासे हरुले जीवन धान्नको निमित्त र सुखभोग गर्नको निमित्त बनाएको किसिमको भयो। त्यसैकारण यसै हल्लियो ।यसै धमिरो लाग्यो ।केही पनि छैन। बहुत खोक्रो राजनीति छ। तर पनि त्यसको बोल्ने ठाउँ छ। म पुँजीवादी हुँ, म साम्यवादी हुँ, म समाजवादी हुँ म राजतन्त्रवादी हुँ इत्यादि। त्यो ठाउँबाट ऊ बोलिरहेको छ। र त्यसको एउटा आदर्श छ। कसैले महात्मा गान्धी भन्न सक्ला, कसैले जहरलाल नेहरु भन्न सक्ला कसैले भन्न सक्ला माओत्सेतुङ ,लेनिन आदि। ती सबै के भए भने बाह्य तत्त्वहरू भए। बाह्य तत्त्वबाट उनीहरूको आत्मासिर्जित भयो।
तर आफ्नो मौलिक आत्मा हुन सकेन ।यस्तो घटना भारतको कलकत्तामा पनि घटेको थियो। त्यहाँ धेरै ठूलो आन्दोलन भयो। र धेरै व्यक्तिहरूले सहादत प्राप्त गरे जसको बहुत जल्दो बल्दो तरिका देखा परेको थियो। पश्चिम बङ्गालमा देखापरेको थियो। चारु मोजमदार भन्ने व्यक्तिले त्यो आन्दोलन नेतृत्व गरेका थिए। उनलाई सोध्दाखेरि के भनेका थिए भने भारतको चेयरम्यान नै छैन। तेरो नेता को होरु अध्यक्ष को होरु भन्दाखेरि अध्यक्ष स्वयं चारु मुजमदार थिए तर उनले चीनको अध्यक्ष नै हाम्रो अध्यक्ष हो भने। मामला टुट्यो, कमजोर भयो। अझै पनि त्यो संगठन छ ।अझै पनि मान्छे मरिरहेका छन्। भारतमा २०(५० ग्रुपमा उनीहरू छरिएका छन्। त्यो तुईयो। किन त्यो भन्दा उनको आफ्नो समृद्धिको आधारमा कुनै विचारधारा छैन। एक सरकार भारतमा बन्यो जसले अत्यन्त स्थायित्व ग्रहण गरेको भन्न सकिन्छ र थोरै विकास गरेर भारतलाई विकासको चौथो लेभलमा लगिसकेको छ। त्यसले स्पष्ट रुपमा हिन्दू धर्मलाई मान्यो र स्पष्ट रुपमा पुँजीवादलाई मान्यो। स्पष्ट रुपमा हिन्दुवाद र पूँजीवादलाई मान्नका कारण ऊ भारतीय भयो भारतीय दर्शन भयो उसको। र भारतीय दर्शन भएर उसले भारतलाई अलिकति छन्द दिएर ,अलि धेरै विकास गर्न सफल भयो।
नेपालको वर्तमान परिस्थिति
अब आजको सवाल आउँछ। राजनीतिमा जुन नक्कल र उपनिवेशवादी विचार कायम थियो र ती उपनिवेशवादी विचारका टाउकोमा दनादन टक्कर खुवाइदिएको छ। यो नयाँ पुस्ताले मार्ने बेलामा नयाँ पुस्तालाई मार्यो र उनको विचारलाई नयाँ पुस्ताले मार्दिन सफल भएको छ कि तिम्रो विचार नक्कली हो र तिम्रो विचार नेपालमा काम लाग्दैन। भनेर उनको विचारमाथि ठूलो आक्रमण गर्न सफल भएको छ। र नयाँ तरिकाले राज्य व्यवस्थालाई नेतृत्व दिन एउटा अङ्ग पनि प्राप्त गरेको छ। अब यो अवस्थामा फेरि प्रजातन्त्रको कुरा छ। फेरि चुनावको कुरा छ। फेरि त्यही राजनीतिको कुरा छ। त्यही अर्थनीतिको कुरा छ। त्यही गरिबीको कुरा छ। त्यही अभावको कुरा छ। जो देशले भोगिरहेको छ त्यो कुरा टड्कारो छ। एकदम टड्कारो छ। यस प्रकारको टड्कारो अवस्थामा कसरी यसको निकास खोज्ने तरु
निस्चित तथा मौलिक सिद्धान्त र दर्शनको खाँचो
त्यसको लागि निश्चित रुपमा सिद्धान्त चाहिन्छ। निश्चित रूपले दर्शन चाहिन्छ। दर्शन र सिद्धान्तलाई समात्न सकेन भनेदेखि राजनीति यसै लङ्गडो हुन्छ, उसै लङ्गडो हुन्छ। पूर्णरूपले लङ्गडो हुन्छ। फेरि असफल हुन्छ। जस्तो कि एक दुई पार्टीहरूका नाम दिन सकिन्छ। जुन पार्टीहरु भर्खर भर्खर उदाए। दुई तीन वर्षमै तिनीहरू उदाए।जस्तो स्वतन्त्र पार्टी भन्ने तरिकाले एउटा पार्टी उदायो। स्वतन्त्र पार्टी को मान्छे हो भन्नेले चुनाव जित्यो र बहुतै जल्दो बल्दो रूपमा उसले राज्य सत्तामा समेत आएर पनि आफ्नो उपस्थिति जनायो। गृह मन्त्रालयसम्मा आएर उपस्थिति जनायो। छिटोछिटो बहुत आतिएर । अहिले उसको स्वरूप संगठन छैन। अहिले उसको संगठन यति छिटो भाँचिएको छ । किन यति छिटो संगठन भाँचियो रु यो उसको दर्शन र सिद्धान्त नहुनको कारणले हो। उसँग कुनै सिद्धान्त छैन । उसको कुनै दर्शन छैन। ऊ सँग कुनै मार्गचित्र छैन। नेपाललाई के गर्ने त रु तैँले राज्य सत्ता ल्याइस् भने तैले के गर्ने नेपाललाई रु छैन केही पनि । मैले राज्य सत्ता ल्याए भने मैले के गर्छुरु छैन केही पनि । नीति के छ तरु सिद्धान्त छैन ,दर्शन छैन। जब सिद्धान्त र दर्शन छैनस तब धेरै दिन कसरी टिक्छ ररु सिद्धान्त र दर्शन नभइसकेपछि धेरै दिन टिक्न सक्दैन।
सनातन दर्शनबाट धेरै सिक्न सकिने
सनातनको दर्शन ठूलो र विशाल छ । हजारौँ वर्षदेखि टिकिरहेको छ, हजारौं वर्षदेखि चलिरहेको छ। यो दर्शनको र सिद्धान्तको कारण हो सनातन यसरी चलिरहेको । र जो अत्यन्त सत्यगत र तथ्यगत छ। जसलाई अध्यात्म भनिन्छ त्यो त कहिले कसैले मारेर पनि मर्दैन । कहिँबाट केही हुन पनि सक्दैन । किनभने उसको दर्शन र सिद्धान्त तथ्यगत यथार्थमा आधारित छ। सत्यगत यथार्थमा आधारित छ। र मनुष्यको मनुष्यतासँग सम्बन्धित छ। त्यसैले यो त कहिले दायाँबायाँ नै हुँदैन। केन्द्रमा सधैँ रहिरहन्छ। किलमा सबैलाई घुमाइरहन्छ। यो हो अध्यात्म ।
आगामी चुनाव र जेन्जी आन्दोलनको दिशा
अहिलेको प्रसङ्गमा नेपालमा अब फेरि चुनाव हुनु छ गर्न सकियो भने । नेपालमा पार्टीहरूले चुनाव लड्नु छ । बहुमत ल्याउनु छ । अब यी कुराहरू टड्कारो रुपमा छन्। यदि सरल रूपमा चुनावको माहोल गयो र सबैले कोअपरेसन गरे भने। कोअपरेसन भनेको जेनजीकै चाहिन्छ । जेन्जी एकमत भएर कोअपरेसन गरे भने चुनाव हुन्छ। यदि यहाँ भाँडभैलो भयो ,बिथोलिनेभयो अनि कुरा बुझेनन् भने, बढी उग्रवादी तालमा आए, बढी सुधारवादी तालमा आए भने कुरो बिग्रिनेवाला छ। यस्तो गराउन पुराना राजनीति गर्ने मान्छेले जानेका छन्। उनले फुट पार्न जानेका छन् । यस आधारमा करिब करिब यो जेन्जीको आन्दोलनमा उसले फुट पारिसकेको छ। एकथरी जेन्जी प्रतिनिधिहरू प्रस्तुत हुँदैछन् ( यही तरिका,यही संविधानलाई मान्दै ,यही प्रकारको व्यवस्थालाई मान्दै ,अहिले भएका सङ्घीय संरचना प्रान्त आदि सारालाई मान्न हामी तयार छौं र त्यस आधारमा चुनाव गर्दा हुने। अर्को थरी बहुत खतरनाक किसिम र ढाँचाबाट प्रस्तुत भइरहेको छ।
त्यो उग्रता कसरी आइरहेको छ भन्दा( अहिले सबै निस्तानाभूत गरेर , सिध्याएर। उसका लागि राष्ट्रपति पनि हटाउने,संविधान पनि हटाउने,सारा फाल्ने र कार्यकारी पदको निर्वाचन गर्ने कार्यहरू पर्दछन्। राष्ट्रपति या प्रधानमन्त्री डाइरेक्ट निर्वाचन गर्ने । यसरी एकातिर उग्रपन्थी विचार आइरहेको छ भने अर्को तिर सुधारपन्थी विचार । अत्यन्त अवसरवादी सुधारपन्थी विचार र एउटा अत्यन्त उग्रवादी बालपन, बालहठको विचार । यी दुईटा विचार हावी छन्। र यी दुईटा विचार नै तेजिला बनेर अगाडि बढिरहेका छन्। मध्यमा अर्को विचार छ । त्यो मध्येको विचारले कसरी सन्तुलित गरेर, नबिगारीकन यो विषयवस्तुलाई जसरी जनताको जे आशय हो याने जेन्जीको नयाँ पुस्ताको जुन आशय हो त्यो आशयलाई कसरी सफल पार्ने भन्ने प्रकारको मध्यम पक्ष छ। यसरी तीनवटा पक्ष प्रस्तुत भइसकेका छन्। यस्ता तीनवटा पक्षले सरकार सँग हिजो वार्तालाप गरिरहेका छन् । अब सवाल कहाँनिर आउँछ भन्दा यो मध्यधारमा रहेको जो जेन्जी छ यो न त राजनीतिक पक्षको पछाडि लागेको छ, न अवसरवादीहरूको, न त अरु कसैको पछाडि लागेको छ । न त उग्रपन्थ उसले समातेको छ । उग्र बालपन्थ पनि नसमातेको र राजनैतिक प्रभावमा पनि नपरेको एउटा बिचौलिया मध्य धार छ । त्यो मध्य धारले नेतृत्व दिन सकेन भने मामला बिग्रने अवस्था छ।
अन्योल र सनसनीपूर्ण अवस्था
जेन्जी आन्दोलनको मध्यधारले निर्णय दिन सकेन भने आर्मी राजतन्त्र तिर जान पनि बाध्य हुन् सक्छ। उसलाई पनि एक स्वार्थ छ। वा अहिले धराशायी भएका यिनी राजनैतिक संगठनहरूले जुर्मुराएर शिर उठाउन सक्छन्। दुईवटा कडा खतरा छन् । यो दुईटा खतराको बीचमा जो मध्यधार छ। त्यो मध्य धारले कुरो बुझ्नुपर्यो।
के हुनसक्छ त अग्रगामी तथा प्रगतिशील बाटो ?
के कुरा बुझ्नुपर्यो भने बिना सिद्धान्त र बिना दर्शन हामी पनि चल्यौ भने हामी के लिएर जानेरु के लिएर जान्छौ बाबु त्यही रा स्व पा ले जस्तो रु त्यो त छिटै खतम हुने रहेछ। जनता त नयाँ मान्छे आयो भनेर चुनावमा भोट देला । भोट दिएर गइसकेको मान्छेले केही बुझ्या छैन। न उसँग सिद्धान्त छ न उसँग राजनीति छ, न उसँग केही ज्ञान छ, न बुद्धि छ यो सम्बन्धी ज्ञान बुद्धि केही पनि छैन । यस्तो प्रकारको व्यक्ति चुनिन सक्छ, उसँग सिद्धान्त छैन, राजनीति छैन दर्शन छैन। त्यसैले नयाँ पुस्ताले छिटोभन्दा छिटो आफ्नो संगठन बनाउने क्रममा शुद्धतम रूपले दर्शन चयन गर्नु आवश्यक छ। सिद्धान्त चयन गर्नु आवश्यक छ। राजनीति चयन गर्नु आवश्यक छ। उचित दर्शन अहिलेको नेपालले मागेको दर्शन र सिद्धान्तको आधारमा उनीहरुले राजनीति चयन गरेर राजनीतिक संगठन बनाएर अघि बढ्न सक्यो भने पालो अब उनीहरुको हो। यदि यसो गर्न सकेनन् भने खतरा मडारिएको छ।
कुरो बुझ्ने मान्छेको अभाव
त्यस विषयमा हामी के भन्न सक्छौं भने गहिरिएर कुरो बुझ्ने मान्छे छैनन्। राजनीतिको क्रममा र यो नयाँ पुस्तामा त्यो बुझ्ने उनीहरूको उमेर पनि छैन । एउटा कुरा बडा सरलतम रूपले बुझ्न सक्छन् त्यो हो देशले विकासको क्रममा साह्रै ठूलो दुःख पाएको छ। र साह्रै अविकसित देश छ। एउटा बर्खा हुँदाखेरि कहिको बाटो राम्रोसँग खुल्न सक्दैन। एउटा दुई दिनको बर्खा हुँदाखेरि कुनै पनि सहर जलमग्न भइसक्छ। कुनै राम्रो गतिलो उद्योग धन्धा, कल कारखाना छैनन् र न कुनै राम्रो कृषि व्यवस्था नै छ। कृषि व्यवस्था अत्यन्त पिछडिएको छ। उद्योग व्यवस्था अत्यन्त पिछडिएको छ। र देशको अर्थतन्त्र अत्यन्त पिछडिएको छ। र यसको विकास याने सजिलोपन हिँड्ने डुल्ने बस्ने जो स्थिति हो।
त्यो पनि अत्यन्तै पछाडि छ। हामीले अहिले २१ औ शताब्दी त भनौँला तर देश कस्तोकसो १९ औँ शताब्दीको अवस्थाबाट गुज्रिरहेको छ। जतिखेर फ्रान्समा राज्य क्रान्ति भएको थियो जतिखेर इंग्ल्यान्डमा औद्योगिक क्रान्ति भएको थियो। त्यो तरिकाको स्थिति पनि यहाँ छैन। यो अवस्थाबाट देश गुज्रेको छ। याने न्यूनतम विकास विकासको आधारशिला पनि नभएको। कतै विकासको एउटा सिद्धान्त पनि नभएको। विकासको लागि काम गर्न कहिले सुरुवात पनि नगरिएको। अत्यन्तै दुःख पाएका ठाउँहरू हामीले बताइहाल्यौं। एउटा कृषि अर्को उद्योग अर्को देशको सामान्य विकास हिँड्ने डुल्ने बस्ने खाने व्यवस्था बाटा जस्ता चिजहरु। यातायात व्यवस्था बनाउँ त्यसलाई छोटै रूपमा भन्नुपर्दा यातायात विद्युत जस्ता कुराहरू। यो यति कमजोर र पिछडिएको हालतमा छ कि यो तीनटा विषयलाई त उनीहरूले एक पार्टी जन्मिएर सम्बोधन गर्नैपर्छ। यदि यो तीनवटा विषयलाई सम्बोधन गर्यो भने एउटा सिद्धान्त जन्मन्छ त्यस सिद्धान्तको नाम हो विकासवाद।
विकासवाद !! विकासवाद !! विकासवाद !!
यदि उनीहरूले विकासवादकै सिद्धान्तमा काम गरे भने सफल हुन सक्छन् र जनताले पनि साथ दिन्छन्। यो तीनटै अङ्गको कुरा जो हामीले गरिरहेका छौं कृषिको, उद्योगको र देशको पिछडिएको अवस्थाको यो तीनटै अवस्थालाई विकास चाहिएको हो। र विकासवादलाई उनीहरुले आफ्नो सिद्धान्त बनाएर अगाडि बढ्न सके भने उनीहरुले एउटा राम्रो कार्यनीति प्रस्तुत गर्न सक्छन् र त्यस आधारमा चुनाव पनि जित्न सक्छन् र त्यो विकासवादको आधारमा उनीहरूले विकासवादलाई बुझ्छन् ।त्यो उमेरले बुझ्छ। र विकासवादको नम्स उनीहरुको हृदयले बुझ्यो भनेदेखि अब देशले बल्ल काँचुली फेर्छ। यदि त्यस्तो गर्न सकेनन् र स्वतन्त्रै स्वतन्त्र तालले चुनाव लडे भने बहुमत आउन पनि गाह्रो हुने, सम्हाल्न पनि गाह्रो हुने। फेरि त्यो एउटा संगठन हुन पनि गाह्रो हुने। जसको सिद्धान्त विचार र दर्शन छैन त्यो लङ्गडो छ। । यसले गर्दाखेरि मेरो हार्दिक रूपले अनुरोध छ कि यी नयाँ पुस्ताले यी मध्यधारवालाले आफ्नो दायाँ बायाँ गइरहेका धारहरूलाई नियन्त्रण गरुन् । या त उनीहरूले तिनीहरूलाई आफ्नो धारमा ल्याउन। होइन भने तिनीहरू नक्कली हुन् धोकेबाज हुन् भन्ने कुरा प्रमाणित गरुन् र तत्कालकै अवस्थाबाट धेरै उग्रचण्ड र धेरै रूप नलिकन विशेष स्थितिलाई ख्याल गरेर उनले विकासवादी अवधारणामा अब काम गर्न सुरु गरुन्।
त्यहाँ काम गर्ने अवसर अहिलेबाट छ। दैलाबाट बाहिर निस्किने बित्तिकै अविकासको अवस्था छ। त्यसलाई विकास गर । बाहिर निस्कँदा साथ बाटो देख्छौ अविकसित छ। कृषि देख्छौ अविकसित छ। उद्योग देख्छौ अविकसित छ। हजारौं हजार सामान ल्याएका गाडीहरू बोर्डरमा अड्किए । व्यापारीहरूका सामान कुहिए। मान्छेले त्यो सामान उपभोग गर्न पाएन। ती सामान त यही उत्पादन गर्न सक्थ्योनि मेहनत गरेको भए।,दुई तीन वर्षमा यही उत्पादन हुन सक्ने वस्तुहरू हुन्। विकासवादको कन्सेप्ट नै नभएको कारणले गर्दा यस्तो भएको हो। त्यसकारण नेपालको आजको आवश्यकता विकासवादको आवश्यकता हो। र यसलाई बहुत राम्ररी विचारमा लैजान आवश्यक छ। र यो अहिलेको जुन राजनैतिक पेचिदा अवस्था छ यो पेचिना अवस्थालाई राम्ररी नेतृत्व दिन पनि आवश्यक छ। यदि यसलाई सुन्न, ढाँचाबाट नेतृत्व दिन र विवेक पैदा गर्न सकेनन् भने फेरि अर्को प्रकारको खतरा टड्कारो रूपले देखा परिरहेको छ। यसकारण म नयाँ पुस्ताका जेन्जी हरु जो अहिले को परिवर्तनको अगुवा हुन् विद्रोहका अगुवा हुन्। र परिवर्तन चाहन्छन् र विकास चाहन्छन् । निश्चित रूपले उनीहरूले विकास चाहन्छन्। निश्चित रूपले उनीहरूले शान्ति चाहन्छन्।
निश्चित रूपले उनीहरूले भ्रष्टाचार नभएको देश देख्न चाहन्छन्। यदि उनीहरुले भ्रष्टाचार नभएको विकासमा अग्रसर भएको देश देख्न चाहन्छन् भने विकासवादको सिद्धान्तलाई स्थापित गर्नेपर्छ र त्यसका नम्सहरू खोज्नैपर्छ। त्यसको कार्यक्रम बनाउनेपर्छ । त्यस तरिकाले उनीहरू अगाडि बढ्नै पर्छ। नत्र देशले फेरि पनि धोका खाने छ। फेरि पनि यसलाई अप्ठ्यारो पर्नेछ। धेरै अप्ठ्यारोबाट यो देश सदा सर्वदा गुज्रिरहेको छ। त्यसैले देशलाई सतीको श्राप परेको देश पनि भन्ने गरिएको छ। कहिँ कसैले राम्रो बाटो पाएको छैन। विद्यार्थीहरूको र जागिरको असुविधा यी दुईटा जो असुविधा छन्। विद्यार्थी बाहिर गएर पढ्नुपर्ने र बाहिरै बस्न इच्छा जाग्ने र अन्य व्यक्ति जो युवा भइसकेका छन् आफ्नो रोजीरोटीका लागि, परिवारको भरण पोषणको लागि बाह्य देशहरूमा जानपर्ने यी दुवै कुरालाई विकासवादको सिद्धान्तले समाधान गर्छ। र जहाँ राजनीतिको अस्थिरता छ देशमा त्यो अस्थिरतालाई पनि विकासवादले समाधान गर्छ। किनभने विृृृकासवादी त विकासमै लागिरहेको छ त्यसैलाई जनताले जिताइरहेको छ। त्यस्तो चीनमा भयो, चीनमा माओत सेतुङले जब राज्य सत्ता हासिल गरे नयाँ जनवाद भनेर हासिल गरे। न्यु डेमोक्रेसी कम्युनिजमको डेमोक्रेसी थियो। साम्यवादमा आधारित प्रजातन्त्र थियो। साम्यवादी अर्थतन्त्रमा आधारित प्रजातन्त्रलाई उनले फुलाउन फलाउन सफल भए। अहिलेसम्म त्यो विषयले मेरुदण्ड मानेर चीन अगाडि बढ्यो। चीन जहाँ दुई छाक खान पाउने मान्छे भनेका सम्रान्त मान्छेहरु थिए तिनीहरू प्रतिशतमा पनि थिएनन्। हजारमा ल
एकजनाले पेटभरि खान पाउँथ्यो चीनमा। हजारमा ५०० जना एक दिनमा एक छाक खान्थे। हजारमा सय जना खोले खान्थे। र कतिपय मान्छे खोले पनि नपाएर मरेका थिए । त्यस्तो अहिले भर्खरैको अवस्था १९४५। ४८ तिरको कुरा हो। त्यो अवस्थाबाट यति छिटै पार पाएर चीन जहाँ हुन सक्यो त्यो एक दृष्टान्त हो। बहुत गरिबी र खैलाबैला थियो भारतमा। आज त्यो भारतले केही मात्रामा विकास गर्न सफल भइरहेको छ। त्यो राजनीतिलाई स्थिरता र स्थायित्व दिन सकेर । राजनीतिमा आफ्नो दर्शन स्थापित गरेर हो। प्रष्ट दर्शन स्थापना गर्नुको कारणले। प्रष्ट सिद्धान्त स्थापना गर्नुको कारणले। हालाकि त्यो सिद्धान्त पुँजीवादी सिद्धान्त हो। त्यो पुँजीवादी सिद्धान्त जनवादी पुँजीवादी सिद्धान्त हो। त्यसकारणले त्यहाँ एक प्रकारको विकास सम्भव भएको छ । आजको नेपालको जो सन्दर्भ छ र बहुत ठूलो खतरा छ। यस खतरामा सो विवेक प्रयोग गरेर मध्ये धारका जिन्जी प्रतिनिधिहरूले दुवै उग्रपन्थी र आत्मसमर्पणवादी दुईटा धारलाई काटेर ती दुईटा धारबाट बचेर नयाँ राजनीतिक धार जसलाई मैले विकासवाद भनेको छु यस्तो लागू गर्न सकेनन् भने भोलि धेरै ठूलो धोका हुनेछ। त्यो धोका हाम्रो आँखाको अगाडि हामीले फेरि देख्न पर्नेछ। यस्तो दिन देख्न नपरोस्। यो हामी आशा गर्दछौं। यही विकासवादको सन्देश हामी सम्प्रेषण गर्दछौ हरेकका हृदयमा ।यो विकास जाओस्। जतासुकै विकासवादी विचार जाओस्। सम्प्रेषण होस्। भवतु सब्य मङ्गलम !
यो लेख पथिकज्यूले जेन जी आन्दोलनका विषयमा दिनुभएको दिव्य मन्तव्यको सम्पादित अंश हो ।