सुर्यविनायक वडा नं. ७ को समन्वयमा बृहत निशुल्क स्वास्स्थ्य शिविर सम्पन्न

एमएमआई संवादाता (भक्तपुर)– साउन ९- वीर अस्पतालको १३६ औँ स्थापना दिवसको अवसरमा सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूको समन्वयमा आयोजित निशुल्क बृहत स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य सेवा विस्तार र स्थानीय बासिन्दाको स्वास्थ्य पहुँच सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूमार्फत विविध स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण सेवा प्रदान गरिएको थियो। स्थानीयको उल्लेखनीय सहभागिता र उत्साहका साथ सम्पन्न शिविरले समुदायमा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।


सूर्यविनायक वडा नं ७ गूण्डूका स्थानीय एवं आसपासका बासिन्दाहरु कुल सेवा ग्राही संख्या १४६४ जनाले स्वास्थ्य लाभ लिएका थिए १ २६ वटा रोगहरुको परिक्षण गरिएकोमा एकै व्यक्तिले विभिन्न सेवा लिने क्रममा ४५३१ वटाको बिशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य उपचार एवं परिक्षण गरिएको थियो । स्वास्थ शिविरमा वीर अस्पतालका निर्देशक दिलिप शर्मा सहित ५० जना डाक्टर तथा १२५ स्वास्थ कर्मीहरुको सहभागी रहेको थियो । 


निशुल्क बृहत स्वास्थ्य शिविरको निरीक्षण पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव सुशील बस्नेत, स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईं, नेसनल प्याव्सन भक्तपुर अध्यक्ष संजय खड्का लगायतका विशिष्ट अतिथिहरूले गरेका थिए। साथै सामुदायिक सेवा केन्द्र कटुज्यबाका अध्यक्ष सन्तोष ढुङ्गेल, सामुदायिक प्रहरी, स्काउट समूह, ट्राफिक प्रहरी, रेडक्रस लगायतको उपस्थिति रहेको थियो। निरीक्षणमा सहभागी अतिथिहरूले वडा नं ७ मा निशुल्क बृहत स्वास्थ्य शिविर आयोजना गरी कुशल व्यवस्थापनसहित व्यापक सहभागितामा सेवा उपलब्ध गराएकोमा वडा अध्यक्ष रविन्द्र सापकोटालाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए।


कार्यक्रमको समापनमा वडा कार्यालयको तर्फबाट वीर अस्पताललाई स्वास्थ्य शिविर संचालन गरिदिएकोमा तथा हिमाल एकेडेमीलाई कार्यक्रम स्थल उपलब्ध गराएकोमा उच्च मूल्यांकन गर्दै वडा अध्यक्ष रबिन्द्र सापकोटाले कदरपत्र प्रदान गर्नु भयो। सूर्यविनायक नगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक समेत रहेका सापकोटाले निशुल्क बृहत स्वास्थ्य शिविरमा जटिलदेखि सामान्य रोगसम्मको परीक्षण तथा उपचार उपलब्ध गराइएकोले सेवा ग्राहीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको र यस्तो प्रकारको स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउनु अत्यन्त सराहनीय भएको बताउनु भयो।




प्रतिक्रिया