मास मिडिया संवादाता (काठमाडौं)— प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरिरहेको अन्तरिम मन्त्रिपरिषद्मा नयाँ चार सदस्य जोडिएका छन्। मंसिर २६ मा राष्ट्रपतिसँग शपथ लिएसँगै उनीहरूले आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
नयाँ अनुहारहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङनाम रहेका छन्। उनीहरूलाई क्रमशः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; वन तथा वातावरण; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; तथा भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयहरू तोकिएका छन्।
शीतलनिवासमा सम्पन्न शपथ कार्यक्रममा राष्ट्रपति र उपराष्ट्रपतिबाट सुरु भएर शीर्ष संवैधानिक पदाधिकारीहरूको उपस्थिति थियो। प्रधानमन्त्री कार्कीले सिफारिस गरेका यी चारै मन्त्रीलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्।
२६ मङ्सिर २०८२, शुक्रबार ०४:४१ मा प्रकाशित