शान्तिपूर्ण निर्वाचनको तयारीमा गस्ती गर्दै नेपाली सेना

देवदह (रुपन्देही), २८ माघ : आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले रुपन्देहीका विभिन्न क्षेत्रमा सुरक्षा गस्ती तीव्र पारेको छ। सोही क्रममा बुधबार कोटहीमाई गाउँपालिका–७ परसहवामा नेपाली सेना नियमित गस्तीमा खटिएको देखिएको थियो।

निर्वाचन नजिकिँदै जाँदा सुरक्षा सतर्कता बढाइएको जनाउँदै सम्बन्धित निकायले मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

प्रतिक्रिया