कांग्रेसको आह्वान : निष्क्रिय र पार्टी छाडेका नेता–कार्यकर्ता पुनः पार्टीमा फर्कन

मास मिडिया संवादाता (काठमाडौँ)– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शनिबार नयाँ बानेश्वरमा सम्पन्न बैठकले विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका तथा पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा आबद्ध हुन आह्वान गरेको छ।

निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको परिप्रेक्ष्यमा बैठकले उक्त निर्णयलाई कसैको जित–हार नभई विधान र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको छ।

बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै अबको समय एकता, सद्भाव र सहकार्यको भएको उल्लेख गरे। उनले देश तथा विदेशमा रहेका सबै कांग्रेसजन, पार्टीका सबै तहका समिति तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका नेता–कार्यकर्तालाई फागुन २१ गते हुने निर्वाचनमा एकताबद्ध भई सक्रिय सहभागिता जनाउन आह्वान गरिएको बताए।

प्रतिक्रिया