एमएमआई संवादाता (काठमाडौँ)– आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायताका विषयमा वार्ता गर्नका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। उक्त निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनुदान सहयोगको प्रक्रियालाई अघि बढाउन विश्व बैंकसँग वार्ता आवश्यक रहेको र त्यसका लागि औपचारिक टोली गठन गरिएको बताए।
प्रवक्ता गुरुङका अनुसार नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले दिएको स्वेच्छिक अवकाशलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ। त्यस्तै, बैठकले चीन सरकारबाट प्राप्त सहयोगमा बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नका लागि विनिमय पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
१. २०८२ साउन १३ देखि १५ गतेसम्म भूटानको राजधानी थिम्पुमा आयोजना हुने प्रोमोटिङ्ग एग्रोकोलोजिकल अपर्चेज फर सस्टेनेबल ट्रान्सफरमेसन अफ एग्रि फुड सिस्टम इन साउथ एशिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने ।
२. चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर फर एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने ।
३. विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।
४. २०८२ साउन ८ देखि १० गतेसम्म चीनको सान्दोङ प्रान्तमा आयोजना हुने २०२५ इन्टरनेशनल कन्फ्रेन्स अन रेडुसिङ फुड लस एण्ड वेस्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
५. कृषि तथा पशुपंक्षी २०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने सेकेण्ड युनाइटेड नेशनल फुड सिस्टम समिट स्टकटेकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
६.२०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव श्री गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।
७. भारतीय सेनाले आयोजना गर्ने १३ औं एडिशन अफ डुरान्ड कप फुटबल टुर्नामेण्ट २०२५ को ओपनिङ सेरोमनी र नेपाली सेनाको फुटकल टिमको ओपनिङ म्याचमा २०८२ साउन ७ र ८ गते सहभागी हुन नेपाली सेनाका उपरथी श्री ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने ।
८. नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने ।
९. २०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने १५ औं मिटिङ टु द कन्फ्रेन्स अफ द कन्ट्रयाक्टिङ पेरिटाइज टु द कन्भेन्सन अन वेटल्याण्ड कार्यक्रममा सहभागी हुन वन तथ वातावरण राज्यमन्त्री माननीय रूपा वि.क. लाई स्वीकृति प्रदान गर्ने ।
१०. नायवमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२ साउन २ गतेदेखि लागू हुने गरी पेश गर्नुभए स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।