७५० किलो गाँजासहित उदयपुरबाट २ जना पक्राउ

मास मिडिया संवादाता (काठमाडौँ)- उदयपुरमा ठूलो परिमाणको गाँजासहित दुई जना पक्राउ परेका छन्। चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकखण्डमा चेकजाँचका क्रममा को १ ज ३४५६ नम्बरको जिपबाट करिब ७५० किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार जिपचालक बेलटार नगरपालिका–६ निवासी रवीन राई र उनका सहयात्री रामबहादुर राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया