त्रिवि प्रवेशमा अझै रोक, पदाधिकारी कार्यकक्ष जान नसक्दा प्रशासन प्रभावित

एमएमआई संवाददाता- सर्वोच्च अदालतको आदेशपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मूल गेट खुले पनि विश्वविद्यालयका प्रमुख पदाधिकारीहरूले अझै पनि कार्यकक्षमा प्रवेश पाएका छैनन्। माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले रेक्टर, रजिस्ट्रार र सेवा आयोगका सदस्यहरूको प्रवेशमा रोक लगाइरहेका छन्।

उनीहरू १७ दिनदेखि कार्यकक्ष जानबाट वञ्चित छन्, जसले विश्वविद्यालय प्रशासनको कामकाज प्रभावित पारेको छ। विद्यार्थी संगठनले विश्वविद्यालयमा देखिएको समस्याबारे उपकुलपतिसँग वार्ता गरेका थिए। वार्तापछि संगठनले माग सम्बोधनका लागि १५ दिनको समय दिएको छ। तर, उक्त समयभित्र माग पूरा नभए अवरोध यथावत् रहने चेतावनी दिएको छ।

अखिल क्रान्तिकारीले सेवा आयोगको निष्पक्षता, पदपूर्तिको पारदर्शिता र विश्वविद्यालय प्रशासनमा देखिएको राजनीतिक हस्तक्षेपको विरोधमा आन्दोलन चर्काएको हो। उनीहरूले त्रिविमा सुधार नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रतिक्रिया