MMI संवादाता- गायिका नितु पौडेलको मृत्यु भएको छ। आज बिहान करिब साढे ८ बजे कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पुष्टि भएको छ। पौडेल केही दिनदेखि गम्भीर अवस्थामा उपचाररत थिइन्। अस्पतालका चिकित्सकले उनको स्वास्थ्य अवस्था अत्यन्त नाजुक रहेको बताएपछि परिवार र साथी–संगीहरू निरन्तर अस्पतालमा उपस्थित थिए।
गत शनिबार दिउँसो साढे २ बजेतिर स्टुडियोमा रहेकै अवस्थामा पौडेल आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। पौडेलको ५५ प्रतिशत शरीरको भाग जलेको थियो। जसका कारण गम्भीर रूपमा जलेर घाइते भएकी थिइन्। तत्कालै उनलाई प्रहरी र स्थानीयको सहयोगमा अस्पताल पुर्याइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार आत्मदाह प्रयासबारे थप अनुसन्धान भइरहेको छ। संगीत क्षेत्रमा सक्रिय र प्रतिभाशाली गायिका पौडेलको असामयिक निधनले नेपाली संगीत जगतमा ठूलो क्षति पुगेको छ।