मास मिडिया संवादाताः नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियामार्फत भएको निर्वाचनमा उनले बहुमत प्रतिनिधिको समर्थन प्राप्त गर्दै तेस्रो कार्यकालका लागि नेतृत्वको जिम्मेवारी सम्हालेका हुन्, जसले पार्टीभित्र उनको प्रभाव, संगठनमाथिको पकड र भावी राजनीतिक दिशा निर्धारण गर्ने भूमिकालाई फेरि एकपटक सुदृढ गरेको छ। प्रतिस्पर्धामा केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरी स्पष्ट विजय हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६३ मतमा सीमित हुनु परेको छ ।


२ पुस २०८२, बिहिबार ०५:२८ मा प्रकाशित