संस्थापन र इतर पक्षको तिव्र विवादका विच नेपाली काँग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु

मास मिडिया संवादाता (काठमाडौँ)– संस्थापन र इतर पक्षको तिव्र विवादका विच नेपाली काँग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपमा उद्घाटन हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार देशभरका जिल्ला, प्रदेश तथा भ्रातृ संगठनबाट छनोट भएका प्रतिनिधिहरूले तोकिएको समयसीमाभित्र नाम दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ । दर्ता प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक मापदण्ड र कार्यतालिका सार्वजनिक गरिएको पार्टीले जनाएको छ ।

विशेष महाधिवेशनमा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, विधान संशोधन तथा भावी रणनीतिबारे गहन छलफल हुने अपेक्षा गरिएको छ । नेतृत्व चयन तथा महत्त्वपूर्ण नीतिगत निर्णयहरू हुने भएकाले महाधिवेशनलाई कांग्रेसभित्रको एकता र दिशानिर्देशनको निर्णायक अवसरका रूपमा हेरिएको छ । महाधिवेशनको तयारीसँगै भृकुटीमण्डप क्षेत्रमा व्यवस्थापन र सुरक्षा व्यवस्था पनि तीव्र पारिएको छ ।

प्रतिक्रिया