दुःखद समाचार: रहेनन मेयर बालेन शाहका बुबा रामनारायण

मास मिडिया संवादाता (काठमाडौँ)– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पितृशोकमा परेका छन्। उनका बुवा तथा आयुर्वेद चिकित्सक रामनारायण शाहको सोमबार मध्याह्न नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। स्वास्थ्य अवस्था बिग्रिएपछि आइतबार अस्पताल भर्ना गरिएका रामनारायणको पिसाबसम्बन्धी भएको संक्रमण शरीरभरि फैलिँदै गएपछि र मस्तिष्कमा समेत असर देखिएपछि उनलाई बचाउन नसकिएको अस्पतालले बताएको छ।

दुःखद घडीमा प्रधानमन्त्री सुशीला कार्की स्वयं अस्पताल पुगेर मेयर शाह र परिवारलाई भेटेकी थिइन् तथा रामनारायणको स्वास्थ्यबारे जानकारी लिएकी थिइन्। रामनारायण शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्। प्रिय जनको असामयिक निधनले शाह परिवार शोकाकुल बनेको छ।

प्रतिक्रिया