राष्ट्रपति पौडेलद्वारा ज्ञात–अज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

मास मिडिया संवादाता (काठमाडौँ)– राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताको स्वतन्त्रताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा पूरा गर्न सबै राजनीतिक दल, जनसमुदाय र सम्बन्धित पक्षलाई पूर्ण प्रतिबद्धताका साथ लाग्न आग्रह गरेका छन्।

सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले जनता र राष्ट्रको हितका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै, यस दिवसले सहिदहरूको आकांक्षा साकार पार्न सबैलाई प्रेरणा र उत्साह प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नागरिक स्वतन्त्रता, लोकतन्त्र स्थापना तथा राष्ट्रियताको संरक्षणका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठसहित सबै ज्ञात–अज्ञात अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।


प्रतिक्रिया