एमाले केन्द्रीय कमिटीको नवौं बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी

एमएमआई संवाददाता- नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौं बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको छ। दुई दिनसम्म चल्ने बैठक साउन ५ र ६ गतेका लागि तय गरिएको हो, जसमा पार्टीका महत्वपूर्ण नीतिगत निर्णयहरू, संगठनात्मक समीक्षा तथा आगामी रणनीतिहरूमाथि छलफल हुँदैछ।


बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। देशको वर्तमान राजनीतिक अवस्था, गठबन्धन सरकारप्रति पार्टीको दृष्टिकोण र आगामी निर्वाचन तयारीलाई मुख्य एजेन्डा बनाइएको छ। पार्टी नेतृत्वले बैठकलाई सशक्त संगठन निर्माण र पार्टी एकताको सन्देश दिन अवसरको रूपमा लिएको बताइएको छ।


प्रतिक्रिया