विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

मास मिडिया संवादाता (काठमाडौँ)– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता सीताराम केसीले कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया तय भएको जानकारी दिएका छन्।

कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता, मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतका कार्यक्रम चरणबद्ध रूपमा सञ्चालन हुनेछन्। मतदान र मतगणनासमेत महाधिवेशनकै अवधिमा सम्पन्न गरिने उल्लेख गरिएको छ।

केसीका अनुसार निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा गरिएको छ। पार्टीको विधान र निर्वाचन निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया अघि बढाइने उनले बताए।

विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुन लागेकोले यसलाई नेपाली कांग्रेसका लागि महत्वपूर्ण मानिएको छ। महाधिवेशनले पार्टीको आगामी राजनीतिक दिशा र रणनीति निर्धारण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया