हरेक वर्ष करिब ३ हजार मोटरसाइकल चोरी हुन्छन्ः निर्देशक श्रीकान्त यादव

काठमाडौं, भदौ १४ — राजधानीसहित देशभर हरेक वर्ष करिब ३ हजार हाराहारी मोटरसाइकल चोरी हुने गरेको तथ्यांकले देखाएको छ। यस्ता चोरीका घटनामा संलग्न समूहहरू प्रायः योजनाबद्ध ढंगले सक्रिय हुने गरेका छन् भने चोरीमा परेका मोटरसाइकलमध्ये थोरै मात्र फेला पर्न सक्ने अवस्था देखिएको छ। मोटरसाइकल चोरीका अधिकांश घटना पार्किङ क्षेत्र, भीडभाड भएका सार्वजनिक स्थल र घर अगाडि रहेका सवारी साधनमा केन्द्रित हुने गरेका छन्। चोरीपछि ती मोटरसाइकलहरू खोलेर पुर्जा टुक्रा बनाइने, नक्कली कागजपत्र बनाएर सीमावर्ती क्षेत्र हुँदै तस्करी गरिने वा दूरदराजका स्थानहरूमा प्रयोगमा ल्याइने गरेको अनुसन्धानबाट खुलेको छ।

यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवका अनुसार, चोरी हुने मोटरसाइकलमध्ये निकै कम मात्र फेला पार्न सकिएको छ। ूहामीले वर्षेनी झण्डै ३ हजार जति मोटरसाइकल चोरी हुने तथ्यांक संकलन गरेका छौं, तर फेला पारिने अनुपात निकै न्यून छ,ू निर्देशक यादवले बताए। चोरी नियन्त्रण गर्न प्रविधिको प्रयोग र सवारी दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको उनले बताए। मोटरसाइकल धनीहरूले पनि सतर्कता अपनाउनु पर्ने, सुरक्षित स्थानमा पार्किङ गर्ने, ट्र्याकिङ प्रणाली जडान गर्ने र कागजातहरू सुरक्षित राख्ने जस्ता सावधानी अपनाउँदा चोरीको जोखिम घट्न सक्ने विज्ञहरूको सुझाव छ। चोरी नियन्त्रणमा प्रहरी र यातायात विभागको सहकार्य, चेकजाँच प्रणाली सुदृढीकरण तथा सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्नुपर्ने माग उठ्न थालेको छ।

प्रतिक्रिया