डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले मन्त्री पदको लिए शपथ

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा डा. सुधा शर्मा गौतमले तथा युवा तथा खेलकुदमन्त्रीका रूपमा बब्लु गुप्ताले पद र गोपनीयताको शपथ लिए। पूर्वस्वास्थ्यसचिव रहिसकेकी डा. शर्मा प्रशासनिक दक्षता र स्वास्थ्य क्षेत्रमा दीर्घ अनुभवका कारण चर्चित छिन्। उनले मन्त्रीको हैसियतमा सार्वजनिक स्वास्थ्य सुधार र सेवा विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएकी छन्।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका बब्लु गुप्ता ‘१०० ग्रुप’ का अध्यक्ष र सामाजिक सेवा क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा चार जनाको नाम सिफारिस गरेकी थिइन्, तर खगेन्द्र सुनार र गणपति श्रेष्ठको नाम हालका लागि स्थगित गर्दै दुई जनामात्र शपथ ग्रहण गराइएको हो। नयाँ मन्त्रीहरूले पदभार ग्रहणसँगै आफ्नो कार्ययोजना अघि बढाउने तयारी थालेका छन्।

प्रतिक्रिया