मास मिडिया संवादाता (काठमाडौँ)– नेपाली बजारमा सोमबार सुनको मूल्य १४ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य बढेर २ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको हो। आइतबार सुनको मूल्य २ लाख ५२ हजार २०० रुपैयाँ रहेको थियो। लगातारको उतार–चढावका बीच सोमबार सुनको मूल्यमा आएको वृद्धि पछिल्ला केही दिनयताकै उल्लेखनीय मानिएको छ।
यसैगरी, चाँदीको मूल्यले भने नयाँ रेकर्ड कायम गरेको छ। महासंघका अनुसार सोमबार प्रतितोला चाँदी ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो। आइतबार चाँदीको मूल्य ३ हजार ४९० रुपैयाँ पुगेको थियो। सुन र चाँदी दुवैको मूल्यमा आएको वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभावसहित स्थानीय आपूर्ति तथा मागका कारण भएको बताइन्छ।
१५ मङ्सिर २०८२, सोमबार १२:१३ मा प्रकाशित