मास मिडिया संवादाता– उपचारका लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवा शुक्रबार राति स्वदेश फर्किएका छन्। विमानस्थलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता प्रकाशशरण महतसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले उनीहरूको स्वागत गरेका थिए।
देउवा दम्पती कात्तिक १० गते जेन–जी प्रदर्शनका क्रममा भएको कुटपिटबाट घाइते भएपछि उपचारका लागि सिंगापुर गएका थिए। स्वास्थ्य जाँच पूरा गरी उनीहरू स्वदेश फर्किएपछि कांग्रेस भित्रका आगामी गतिविधि र राजनीतिक भेटघाट पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।
२९ कार्तिक २०८२, शनिवार १०:२९ मा प्रकाशित