प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरु

मास मिडिया संवादाता (काठमाडौं)— प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बोलाइएको उक्त बैठकमा राजनीतिक दलका शीर्ष प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी भएका छन्।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलका प्रतिनिधिहरू उपस्थित छन्। सहभागीमध्ये कांग्रेसबाट महामन्त्री गगन थापा र नेतृ पुष्पा भुसाल, एमालेबाट महासचिव शंकर पोखरेल तथा महेश बर्तौला, नेकाबाट प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम लगायतका नेताहरू छन्। त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख तथा निर्वाचन आयोगका पदाधिकारी पनि बैठकमा सहभागी भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन लगायतका प्रमुख एजेन्डामा केन्द्रित रहनेछ।

प्रतिक्रिया