सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा नैतिक रूपमा जिम्मेवार

संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष विशेष समितिले निकालेको छ। समितिको ठहरअनुसार विधेयकको मूल भावना विपरीत संशोधन प्रस्तुत गरी विधेयकको मर्म नै खण्डित गर्ने प्रयास भएको छ।

विशेष समितिले ‘कुलिङ अफ पिरियड’ को प्रावधान हटाइएको कार्य नियतवश गरिएको त्रुटि भएको उल्लेख गरेको छ। उक्त प्रावधान हटाउनु विधायन प्रक्रियामा गम्भीर लापरबाही भएको ठहर गर्दै समितिले यसको जिम्मेवारी तोकेको हो।

समितिले प्रतिवेदन तयार पार्न भूमिका निर्वाह गरेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेको छ। समितिले दुवै पदाधिकारीको भूमिकामा प्रश्न उठाउँदै सुधारात्मक कदम चाल्न संसदसमक्ष सिफारिस समेत गरेको छ।

प्रतिक्रिया