मास मिडिया संवादाता (काठमाडौँ)– रसुवागढी नाकास्थित भोटेकोशी नदीमा मंगलबार आएको भीषण बाढीका कारण हालसम्म १८ जना सम्पर्कविहीन भएका छन्। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, सम्पर्कविहीनमध्ये ३ जना नेपाल प्रहरीका जवान, ९ जना सर्वसाधारण नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक रहेका छन्। उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ।
यसैबीच, नेपाली सेनाको हेलिकोप्टर टिमुरे पुगेर बाढीपीडित क्षेत्रको स्थलगत अवलोकन गर्दै उद्धार कार्यमा सक्रिय रूपमा जुटेको छ। सेनाको टोली अहिले बाढीमा फसेकाहरूको उद्दारमा खटिएको छ। हालसम्म सम्पर्कविहीन १८ जनाको नामावली निम्नानुसार छ:
१. लालबहादुर श्रेष्ठ – प्रहरी सहायक निरीक्षक (रामेछाप, लिखु तामाकोशी–४)
२. मुन्ना ठाकुर – प्रहरी जवान (बारा, फेटा गाउँपालिका; ईप्रका टिमुरेमा कार्यरत)
३. लोकेन्द्र बोहोरा – प्रहरी जवान (बझाङ, बुंगल गाउँपालिका; टिमुरेमा कार्यरत)
४. यु युए – चिनियाँ नागरिक (पुरुष)
५. लि हुवाछिङ – चिनियाँ नागरिक (पुरुष)
६. याङ छुवान – चिनियाँ नागरिक (पुरुष)
७. यु हाइ हाङ – चिनियाँ नागरिक (पुरुष)
८. यु स्याओ छिउ – चिनियाँ नागरिक (पुरुष)
९. चोउ योङ – चिनियाँ नागरिक (पुरुष)
१०. जिपन चौधरी – ३६ वर्ष (बर्दिया)
११. सन्तोष दइत – ३५ वर्ष (बर्दिया)
१२. बुद्धिराम थारु – २५ वर्ष (बर्दिया)
१३. लक्ष्मीनारायण थारु – २४ वर्ष (बर्दिया)
१४. सुरेश थारु – ३० वर्ष (बर्दिया)
१५. नरेन्द्र बिक – (बागलुङ)
१६. फुर्वा लामा – कन्टेनर चालक (सिन्धुपाल्चोक)
१७. गोविन्द मोक्तान – मिक्स्चर चालक
१८. कमान तामाङ – हाइलक्स चालक
प्रहरीका अनुसार तीव्र बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी छ।