चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किएर मृत्यु भएका र घाइतेहरूको विवरण सार्वजनिक

मास मिडिया संवादाता (काठमाडौँ)– प्रहरीले चितवनको भरतपुरमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु भएका र घाइतेहरूको विवरण सार्वजनिक गरेको छ। घटनामा केही यात्रुहरू गम्भीर घाइते भएका छन् भने केहीको घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ। घाइतेहरूको उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान चितवन जिल्लाको राप्ति नगरपालिका–१, भण्डारामा धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्र.१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.३–००१ ज २९९ नम्बरको ईभी माइक्रो बस एक आपसमा ठोक्किँदा भीषण दुर्घटना भएको हो। उक्त दुर्घटनामा ७ जनाको मृत्यु भएको प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकमध्ये अधिकांश माइक्रो बसमा सवार यात्रु रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ। घाइतेहरूलाई तत्काल उद्धार गरी चितवनका विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। घटनाको अनुसन्धान जारी रहेको र दुर्घटनाको कारण तीव्र गतिमा रहेको अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ।

चितवनको राप्ति नगरपालिका–१, भण्डारामा शनिबार बिहान भएको बस र माइक्रो बस ठोक्किएर भएको भीषण दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौँडा–५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, साथै हाल नाम, थर र वतन नखुलेका करिब १८–१९ वर्षकी एक महिला, २४–२५ वर्षकी अर्की महिला र २२–२३ वर्षका एक पुरुष रहेका छन्। यस्तै, भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा करिब ३०–३५ वर्षकी गर्भवती महिला र ३५–४० वर्षका एक पुरुषको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २४ जना घाइते भएका छन्। एलाइभ अस्पतालमा उपचाररत घाइतेहरूमा हेटौँडा उमनपा १३ का १६ वर्षीय सक्षम थापा, उमनपा १२ का ३२ वर्षीय सिंहवीर घलान, उमनपा ४ का ३१ वर्षीय विष्णु लम्साल, र उमनपा ८ की ३४ वर्षीया गंगा घलान (गम्भीर) छन्। पुरानो मेडिकल कलेजमा झापा गौरादहकी सुशीला बराल (६५, नाकमा चोट), उमा बराल (६७), कञ्चनपुरका वीरबहादुर जैसी (४८) र रुकुमका सन्देश ओली (३०) उपचाररत छन्। चितवन मेडिकल कलेजमा अछामका अर्जुनबहादुर राउत (३२), कैलालीका जम बुढा (४५), कञ्चनपुरकी चन्द्रकुमारी थापा (७०) र झापाकी टिका न्यौपाने (७०), जमबहादुर थापा (६९), सुरेश बोगटी (३२), लोकेन्द्र बुढा (३७), बलसिंह बुढा (४८), रौतहटका वुलटन साह कानु (४५), मकवानपुरकी अनिसा घिमिरे (२६), कालिकोटका रत्न बुढा (५३), झापाकी लक्ष्मी पौडेल (८३), प्रवेश सौरेन (२३), सप्तरीका श्रीचन्द्र राय (५६), कैलालीका महेश चौधरी (३४) र मोरङका सुमन चौधरी (२७) को उपचार भइरहेको छ।


प्रतिक्रिया