मास मिडिया संवादाता (काठमाडौं)— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज देउवा निवासमा भेटवार्ता भएको छ।
जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच पहिलोपटक औपचारिक भेटवार्ता भएको हो। देउवा निवासमा भएको उक्त भेटमा उनीहरूले समसामयिक राजनीतिक परिस्थितिबारे विस्तृत छलफल गरेको बताइएको छ।
भेटमा कांग्रेस सभापति देउवाकी पत्नी आरजु राणा र एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य पनि सहभागी रहेका थिए। शीर्ष नेताहरूको यस भेटलाई पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।
१९ मङ्सिर २०८२, शुक्रबार ०५:०४ मा प्रकाशित