निर्वाचन आयोगद्वारा गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

मास मिडिया संवादाता (काठमाडौँ)– निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। आयोगले शुक्रबार थापालाई पार्टी सभापतिको रूपमा औपचारिक मान्यता प्रदान गरेको हो।आयोगको निर्णयसँगै नेपाली कांग्रेसभित्र देखिएको नेतृत्वसम्बन्धी अन्योल अन्त्य भएको छ।

अब गगनकुमार थापाको नेतृत्वमा पार्टीका सम्पूर्ण गतिविधि वैधानिक रूपमा सञ्चालन हुने स्पष्ट भएको छ। यस निर्णयले नेपाली कांग्रेसको आन्तरिक संगठन सुदृढ हुने अपेक्षा गरिएको छ। साथै आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीमा पार्टी थप सक्रिय हुने विश्वास गरिएको छ।

प्रतिक्रिया