मास मिडिया संवादाता (काठमाडौँ)- काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।
आगलागीपछि धुवाँको मुस्लो ठूलो फैलिएको छ । अहिले नेपाल प्रहरी, महानगर प्रहरी लगायतले दमकलको सहायताबाट आगलागी नियन्त्रणको प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
गोदाममा ठूलो परिमाणमा काठ तथा काठजन्य सामग्री भण्डारण गरिएकाले आगो तीव्र रूपमा फैलिएको थियो। आगलागीबाट गोदाममा रहेका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको अनुमान गरिएको छ।
२१ पुस २०८२, मङ्गलबार ०४:२२ मा प्रकाशित