कैलाली कारागार झडप : सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन

MMI संवादाता- कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबन्दीहरूबीच भएको झडपको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ। झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जनाभन्दा बढी घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार समितिको संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन्। समितिले घटनाको अनुसन्धान गरी आवश्यक प्रतिवेदन पेश गर्ने बताइएको छ। शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कैलाली कारागारमा भएको झडपको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी रहेका छन्।

समितिमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिवको रूपमा रहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार समितिलाई घटनाको विस्तृत अध्ययन र मूल्यांकन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया