उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बैंकिङ कसुर मुद्दामा उनीमाथि १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। अदालतले प्रसाईं क्यान्सर रोगबाट पीडित रहेको जनाउँदै थप प्रमाण संकलन गर्दै जाने स्पष्ट पारेको छ।
अदालतमा बयान दिने क्रममा प्रसाईंले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका थिए। अदालतको आदेशअनुसार उनले तोकिएको २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाउनुपर्नेछ। यदि उनले धरौटी बुझाउन नसकेमा कानुनबमोजिम थुनामा पठाइने आदेशमा उल्लेख छ। आदेशसँगै अब उनी तारेखमा रही मुद्दाको सामना गर्न पाउनेछन्।
१९ साउन २०८२, सोमबार ०९:०८ मा प्रकाशित