मास मिडिया संवादाता (काठमाडौँ)– मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन र अरनिको राजमार्गको बन्देउदेखि लिपिङ खण्डसम्म सवारी चलाउँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार, चीनको तिब्बतस्थित न्यालम क्षेत्रमा वर्षा भइरहेको र आज राति थप भारी वर्षाको सम्भावना रहेको जानकारी चिनियाँ अधिकारीमार्फत प्राप्त भएको छ।
२३ असार २०८२, मङ्गलबार ०६:१२ मा प्रकाशित