एसीसी यू–१९ प्रिमियर फाइनलमा नेपाल र यूएई आमनेसामने

मास मिडिया संवादाता (काठमाडौँ)– एसीसी यू–१९ प्रिमियरको ग्रान्ड फाइनलमा आज नेपाल र यूएई उपाधिका लागि भिड्दै छन्। नेपालका कप्तान अशोक धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्। अपराजित यात्रासहित फाइनलमा पुगेको नेपालले सेमिफाइनलमा मलेसियालाई पराजित गरेको थियो भने यूएईले ओमानलाई ८ विकेटले हराउँदै फाइनल सुनिश्चित गरेको हो।

आजको खेलका लागि नेपालले सुशील रावल, सिब्रिन श्रेष्ठ र दिलसाद अलीलाई बाहिर राखेको छ। नेपालको प्लेइङ–११मा अशोक धामी, निश्चल क्षेत्री, आशिष लोहार, दर्श सोनार, दयानन्द मण्डल, नितेश पटेल, चन्दन राम, रोशन विके, अपराजित पौडेल, वंश क्षेत्री र निरज यादव रहेका छन्।

प्रतिक्रिया